युवासंघमा प्रतिस्पर्धालाई रोक्न खोज्दाको असर, तीन सय ६० प्रतिनिधि आएनन् « Khabarhub

युवासंघमा प्रतिस्पर्धालाई रोक्न खोज्दाको असर, तीन सय ६० प्रतिनिधि आएनन्


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनमा ठूलो संख्यामा प्रतिनिधिहरू उपस्थित नभएको भेटिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूले क्षितिज थेबेलाई दोहोर्‍याउन सर्वसम्मत गर्न खोज्दा ठूलो संख्याका प्रतिनिधि महाधिवेशनमा सहभागी नभएका हुन् ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भएको भेटिएको हो । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेक छन् ।

जेठ ९ गतेदेखि सुरू भएको महाधिवेशनमा ओलीले थेबेलाई सर्वसम्मत गरेर ल्याउन निर्देशन दिएका थिए । तर उनको निर्देशनविपरीत वर्तमान महासचिव सुमन पुरीले कुनै हालतमा अध्यक्षमा दाबेदारी नछाड्ने बताएका थिए ।

उनलाई पछि हट्ने वातावरण बनाउन ढकाल, युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, रमेश पौडेल र वर्तमान इन्चार्ज राजीव पहारीसमेत खटिएका थिए । तर पुरी पक्षीय प्यानललाई पछि हटाउन गरेको उनीहरूको प्रयास बिफल भएपछि मंगलबार निर्वाचन भएको हो ।

प्राप्त विवरण अनुसार युवासंघको महाधिवेशनमा कोशीबाट १८५ मत, मधेशबाट १०१ मत, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खसेको छ ।

त्यसैगरि विशेष प्रदेशबाट ६९ र आयोजबाट ४ सय १० सहित जम्मा १४०४ मत खसेको हो । विद्युतीय मतपेटिकामा मतदान भएकाले परिणाम पनि चाँडै आउने अपेक्षा गरिएको छ ।

एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसंगठनमध्ये युवासंघमा निर्वाचनमा गएर नेतृत्व छान्ने पहिलो संस्था भएको छ । प्रेस चौतारीसहित अरू ११ संस्थामा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रम नै नराखी नेतृत्व चयन गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : १२ बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ