युवा संघको मतगणनामा सुरूबाटै अग्रता बनाए सुमन पुरीले | Khabarhub Khabarhub

युवा संघको मतगणनामा सुरूबाटै अग्रता बनाए सुमन पुरीले


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सुरूबाटै वर्तमान महासचिव सुमन पुरीले अग्रता बनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूको साथ पाएका क्षितिज थेबेलाई उनले सुरुबाटै पछि पारेका हुन् ।

विद्युतीय मेशिनमा भएको मतदानपछिको मतगणनामा अध्यक्ष पदमा सुमन पुरी ११८ मतसहित अग्रता बनाइरहेका छन् ।

उता अध्यक्षमा दोहोरिन चाहेका क्षितिज थेबे १०३ मतसहित पुरीलाई पछ्याइरहेका छन् । ताजा अवस्थामा यी दुईबीच १५ मतको अन्तर रहेको छ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित रहे । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरे ।

जेठ ९ गतेदेखि सुरू भएको महाधिवेशनमा ओलीले थेबेलाई सर्वसम्मत गरेर ल्याउन निर्देशन दिएका थिए । तर उनको निर्देशनविपरीत वर्तमान महासचिव सुमन पुरीले कुनै हालतमा अध्यक्षमा दाबेदारी नछाड्ने बताएका थिए ।

उनलाई पछि हट्ने वातावरण बनाउन ढकाल, युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, रमेश पौडेल र वर्तमान इन्चार्ज राजीव पहारीसमेत खटिएका थिए । तर पुरी पक्षीय प्यानललाई पछि हटाउन गरेको उनीहरूको प्रयास बिफल भएपछि मंगलबार निर्वाचन भएको हो ।

प्राप्त विवरण अनुसार युवासंघको महाधिवेशनमा कोशीबाट १८५ मत, मधेशबाट १०१ मत, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खसेको छ ।

त्यसैगरि विशेष प्रदेशबाट ६९ र आयोजबाट ४ सय १० सहित जम्मा १४०४ मत खसेको हो । विद्युतीय मतपेटिकामा मतदान भएकाले परिणाम पनि चाँडै आउने अपेक्षा गरिएको छ ।

एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसंगठनमध्ये युवासंघमा निर्वाचनमा गएर नेतृत्व छान्ने पहिलो संस्था भएको छ । प्रेस चौतारीसहित अरू ११ संस्थामा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रम नै नराखी नेतृत्व चयन गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ५४ बजे

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय