अमेरिकी सहायता बन्द भएपछि बङ्गलादेशमा ५० हजारले गुमाए रोजगारी | Khabarhub Khabarhub

अमेरिकी सहायता बन्द भएपछि बङ्गलादेशमा ५० हजारले गुमाए रोजगारी


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।

एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी)की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन्‌ ।

एक लिखित वक्तव्य पढेर सुनाउँदै उनले यी परियोजना र सम्बद्ध परियोजनाहरूमा संलग्न ५० हजारभन्दा बढी पेशेवरहरूले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताएकी छिन्‌ । उनले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग पनि गरिन् ।

यूएसएआईडी बङ्गलादेशले जनवरी २५ मा आफ्ना परियोजना कार्यान्वयन साझेदारहरूलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य देशहरूसँगै एजेन्सीले बङ्गलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरणहरू अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय युएसएआइडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ०६ बजे

जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा

आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार

संसद्को अवरोध हटाउने प्रयास : सभामुखले बोलाए सचेतकको बैठक

काठमाडौं – सभामुख देवराज घिमिरेले अवरुद्ध प्रतिनिधि सभा बैठक बस्ने

गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु

इजरायल – उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता

शुक्रबारका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका