सूर्योदय नगरपालिकाको योजना – पशुपालनलाई प्रोत्साहन, दैनिक दुई लाख लिटर दूध उत्पादन « Khabarhub

सूर्योदय नगरपालिकाको योजना – पशुपालनलाई प्रोत्साहन, दैनिक दुई लाख लिटर दूध उत्पादन


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

इलाम – यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिइएको नगरपालिकाले यहाँका ५५५ जना किसानलाई एकैपटक विभिन्न आधुनिक कृषि उपकरण र सामग्री वितरण गरेको छ ।

सूर्योदय–१३ लक्ष्मीपुरका गाईपालक किसान दुर्गा भवानी पोखरेलले अनुदानमा ‘काउम्याट’ पाएपछि गोठमा तीन वटा गाई थप्ने योजना बनाएको बताए ।

‘एउटा गाईबाट दैनिक १८ लिटर दूध बेचिरहेको छु । अब चार वटा बनाएर ५०–६० लिटर दूध बिक्री गर्ने उद्देश्य छ ’, उनले भने, ‘प्रतिलिटर रु ६५–७० मा दूध बिक्री हुन्छ । खर्च कटाएर मासिक रु ३० हजार बचत हुन्छ । यसलाई थप बढाउने योजनामा छु ।’

पालिकाको वार्षिक कार्यक्रमअनुसार हालसम्म १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा ३८ लाख रुपैयाँ बराबरको कृषिसामग्री वितरण गरिएको नगर आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले बताए ।

‘१२७ किसानलाई चार लाख बराबरको मल्चिङ प्लाष्टिक, ३३९ लाई १२ लाख बराबरको टनेल, २६ जना किसानलाई १६ लाख बराबरको हाते ट्र्याक्टर र ६३ जनालाई छ लाख रुपैयाँ बराबरको काउम्याट वितरण गरिएको छ ’, उनले भने ।

कृषि र पशु क्षेत्रको विकास र विस्तारका लागि सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताए । उनले नगरपालिकाले किसानको सहजताको लागि ‘कृषि एप’ विकास गरेको र यसमा विभिन्न रोग तथा त्यसको निदानबारे जानकारी बताए । रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १० : ०४ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ