आज २०८२ साल जेठ १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १४ गते बुधबारको राशिफल


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १४ गते बुधबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। दशहरा स्नानको सुरुवात। तदनुसार सन् २०२५ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। साझेदारीमा गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी कडा रुपमा प्रस्तुत हुँदा तपाईं शान्त बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। आफन्तको सहयोग मिल्नेछ। फलामको व्यापारमा फाइदा हुनेछ।

मिथुन : सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारको साथले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : व्यापारमा नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। हरेक क्षेत्रमा सोचेको काम बन्नेछ। अढैया शनिदेवका कारणले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्नेछ। दाम्पत्य जीवनमा संकट आइपर्ने जोखिम छ। शिक्षामा प्रगति हुनेछ।

कन्या : शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। धार्मिक व्यक्तिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेछ। पे्रम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको श्रम लुटेर रमाउने साथीसँग सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ। घरबाट भन्दा परबाट तपाईंको प्रशंसा हुनेछ।

वृश्चिक : सोचेको काम बन्ने दिन छ। परोपकारमा हात अगाडि बढाउनु उचित हुनेछ। शिक्षामा गरेको अध्ययनले सार्थकता पाउने छ। धार्मिक विषयमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

धनु : रोगमुक्त हुने दिन छ। साथी र सहकर्मीबाट असहयोग हुनेछ। आज यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : शिक्षाको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। विपक्षी साथीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नेछ। साथीसँग सहकार्य गरेर काम गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : दिन सामान्य छ। टाउको दुख्ने जोखिम छ। आज आफन्तसँग नम्र भएर बोल्नु उचित हुनेछ। बौद्धिक क्षेत्रका साथीले अपमान गरेको महसुस हुनेछ। परिवारको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुनेछ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ०२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने