प्रतिनिधिसभा बैठक फेरि आधा घण्टाका लागि स्थगित | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक फेरि आधा घण्टाका लागि स्थगित


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक फेरि आधा घण्टाका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको हो । 

यसअघि मंगलबार पनि प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । आधा घण्टामा पनि बैठक चल्ने वातावरण नबनेपछि संसद् सचिवालयले पहिलो पटक सूचना टाँस गरेर दिउँसो २ः३० बजेका लागि सारेको थियो । 

पहिलो पटक सूचना टाँस गरेर तय गरिएको समयावधिमा पनि दलहरूबीच सहमति नजुटेपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : १२ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न