म्याग्दीको कोतखोलामा बाढी, दुई जना बेपत्ता चार घरमा क्षति « Khabarhub

म्याग्दीको कोतखोलामा बाढी, दुई जना बेपत्ता चार घरमा क्षति


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोत खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

गएराति आएको बाढीमा परी स्थानीय १० वर्षीय शर्मीला परियार र ६ वर्षीय अनिष्का परियार बेपत्ता भएको प्रहरीे जनाएको छ ।

कोतखोलामा आएको बाढीले बुद्ध एकेडमीको पाँचवटा भवन पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै स्थानीय माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेत परियारको घरमा क्षति पुगेको म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्दार कार्य जारी राखेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । बाढीमा बेपत्ता भएका दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


तस्वीर–सन्तोष गौतम

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ४० बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट