गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिमबारे बैठक, यो वर्ष २० लाख मानिस बाढी-पहिरोबाट प्रभावित हुने « Khabarhub

गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिमबारे बैठक, यो वर्ष २० लाख मानिस बाढी-पहिरोबाट प्रभावित हुने


१४ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठक यो मनसुनमा ठूलो क्षति हुने अनुमान गरेको छ ।

समितिका कार्यकारी समितिका अध्यक्ष एवम् गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यो मनसुनी वर्षाका क्रममा करिब २० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ।

बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्‌बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजनाबारे छलफल गरेको थियो ।

त्यसैगरि पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीको मौज्दात तथा दक्ष जनशक्तिको विवरण समेटिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्‍ट्रिय कार्ययोजना, २०८२’ पनि बैठकले पारित गरेको छ।

प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : १७ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका