गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिमबारे बैठक, यो वर्ष २० लाख मानिस बाढी-पहिरोबाट प्रभावित हुने « Khabarhub

गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिमबारे बैठक, यो वर्ष २० लाख मानिस बाढी-पहिरोबाट प्रभावित हुने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठक यो मनसुनमा ठूलो क्षति हुने अनुमान गरेको छ ।

समितिका कार्यकारी समितिका अध्यक्ष एवम् गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यो मनसुनी वर्षाका क्रममा करिब २० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ।

बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्‌बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजनाबारे छलफल गरेको थियो ।

त्यसैगरि पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीको मौज्दात तथा दक्ष जनशक्तिको विवरण समेटिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्‍ट्रिय कार्ययोजना, २०८२’ पनि बैठकले पारित गरेको छ।

प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ३ : १७ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल