दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा « Khabarhub

दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ८ पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् ।

बुधबार जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले पूर्ण खोप घोषणा गरेसँगै  जिल्लाको विगु बाहेक अन्य ८ पालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको जनस्वास्थ्य कार्यालय दोलखाका कोल्डचेन्ज  अधिकृत भुवनराज केसीले बताए । 

बुधबार वैतेश्वर गाउँपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत केसीले विगु बाहेकका अन्य पालिका पूर्ण खोप सुनिश्चितता भएको बताए ।

 वैतेश्वरको पूर्ण खोप घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका अध्यक्ष समेत रहेका छवि लामाले वैतेश्वरका सबै वडाका बालबालिका पूर्ण खोपको पहुँचमा रहेको बताए ।

अध्यक्ष लामाले पुर्णखोप कार्यक्रमको उद्घाटन गर्दै पालिका भित्रका सबै स्वास्थ्य चौकीले बालिकालाई पूर्ण खोप सुनिश्चितता प्रदान गरेको भन्दै वडामा रहेका  स्वास्थ्य चौकीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले वडा तथा पालिकागतको वार्षिक खोप प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।

स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएको यो अभियान अन्तर्गत पालिकाभित्रका ५ सय ८५ जान  बालबालिकालाई नियमित खोप लगाएर पूर्ण खोप सुनिश्चितता हासिल गरिएको बताए ।

खोप अधिकृत केसीले कार्यक्रममा वैतेश्वरले पनि राज्यको खोप नीति पुरा गर्दै पूर्ण खोप सुनिश्चितता  गरेको बताउँदै पालिकालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा पालिका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो । –सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ४५ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको