बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै | Khabarhub Khabarhub

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रमन लागि कृषि प्रवर्द्धन केन्द्रको भवन शिलान्यास गरिएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको ३.१४१ करोड रुपैयाँ सहयोगमा सो कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण हुन लागेको छ । यो भवन अन्न भण्डारण र वितरणका लागि उपयोग गरिनेछ ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग वितरण डेस्क, रेकर्ड रुम र अन्य सहयोगी संरचना सहितको अन्न भण्डारण र वितरणका लागि आवश्यक भवनको निर्माणमा उपयोग गरिनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामार्फत कार्यान्वयन गरिनेछ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष तथा राजनीतिक प्रतिनिधिहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले र्मिाण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरुको उचित सङ्कलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको र ४९५ परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये बाजुरामा रहेका २ वटा परियोजनाहरु सहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरु रहेका छन् ।

यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ । यी मध्ये, बाजुरामा ३ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : ५४ बजे

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष दिने भनी

रविलाई बैंक जमानतमा रिहा गर्न रूपन्देही जिल्ला अदालतद्वारा अस्वीकार, थुनामै रहने

काठमाडौं- जिल्ला अदालत रुपन्देही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

अर्थसंक्षेप : प्राधिकरणसामु ईप्पानले राख्यो ११ बुँदे माग, २७ अंकले घट्यो नेप्से र सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ

सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ इन्स्टिच्युट फर स्ट्राटेजीक एण्ड सोसियो इकोनोमिक

व्यवस्थित बन्दै साप्ताहिक हाटबजार

सिरहा– यहाँको गोलबजार नगरपालिकाअन्तर्गत सडकपेटीमा सञ्चालन हुँदै आएका साप्ताहिक हाटबजारलाई

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

बरहथवा– सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको