पाँचौं पुस्ताको लडाकु विमान बनाउँदै भारत « Khabarhub

पाँचौं पुस्ताको लडाकु विमान बनाउँदै भारत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले आफैँ पाँचौं पुस्ताको लडाकु विमान बनाउने भएको छ । उन्नत मध्यम लडाकु विमान (AMCA) को उत्पादन मोडेललाई केन्द्र सरकारले अनुमोदन गरेको छ ।

रक्षा मन्त्रालयले सरकारी कम्पनीहरूसँगै निजी कम्पनीहरूलाई पनि विमान निर्माणको लागि बोली लगाउने अवसर दिइने जनाएको छ । यसका लागि एयरोनटिकल डेभलपमेन्ट एजेन्सी (ADA) ले चाँडै नै सूचना जारी गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

निजी कम्पनीहरूलाई विमान निर्माण गर्ने अवसर दिने घोषणाले रक्षा र सम्बन्धित क्षेत्रका कम्पनीहरूको सेयर लगभग ६ प्रतिशतले वृद्धि भएको छ । निफ्टी इन्डिया डिफेन्स इन्डेक्स पनि (८,६७४.०५) ५२ हप्ता यताकै उच्च बिन्दुमा पुगेको छ ।

अप्रिल २०२४ मा सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (CCS) ले पाँचौं पुस्ताको स्वदेशी लडाकु विमानहरूको डिजाइन र विकासको लागि १५,००० करोड रुपैयाँको परियोजनालाई अनुमोदन गरेको थियो । यो लडाकु विमान ‘एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट’ (AMCA) हो ।

ADA यस कार्यक्रमको कार्यान्वयन र विमान डिजाइन गर्ने नोडल एजेन्सी हो । ADA रक्षा अनुसन्धान तथा विकास संगठन (DRDO) अन्तर्गत आउँछ । यो भारतीय वायुसेनाको अन्य लडाकु विमानभन्दा राम्रो हुने दाबी छ ।

शत्रुको राडारबाट बच्न यो उच्च प्रविधियुक्त स्टिल्थ प्रविधिले सुसज्जित हुनेछ । यो अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने अन्य पाँचौं पुस्ताका स्टिल्थ लडाकु विमान जस्तै वा अझ राम्रो हुने बताइएको छ ।

उन्नत मध्यम लडाकु विमान अर्थात् AMCA स्वदेशी रूपमा विकसित हुने दोस्रो लडाकु विमान हुनेछ । यसअघि भारतमा लाइट कम्ब्याट एयरक्राफ्ट (LCA) तेजस र यसको उन्नत संस्करण तेजस मार्क-१ विकास गरिएको छ । यसको अझ उन्नत संस्करण मार्क-१-ए मा काम भइरहेको छ ।

जानकारी अनुसार AMCA २०२५ सम्ममा वायुसेना र नौसेनामा तैनाथीको लागि उपलब्ध हुनेछ ।

जुलाई ३० मा वायुसेनाले जम्मू कश्मीरको अवन्तीपोरा एयरबेसमा हल्का लडाकु विमान तेजस एमके-१ तैनाथ गरेको थियो । सेनाले पाइलटहरूले उपत्यकामा उडान अभ्यास गर्न सकून् भनेर यो गरिएको बताएको छ ।

छिमेकी देशहरू चीन र पाकिस्तानका लागि कश्मीर संवेदनशील छ । तेजस एमके-१ एक बहुभूमिका हलुका लडाकु विमान हो, जसले कश्मीरको जंगल र पहाडी क्षेत्रमा वायुसेनालाई अझ बलियो बनाउनेछ । भारतीय वायुसेनामा हाल ३१ वटा तेजस लडाकु विमान छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ९ : ०५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी