मर्दी खोलामा डुबेर २ बालकको मृत्यु « Khabarhub

मर्दी खोलामा डुबेर २ बालकको मृत्यु


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ।

माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा बगेका थिए।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोरसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको खोजी गरेको थियो।

सशस्त्र प्रहरीका अनुसार विवश परियारको शव दिउँसो २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारिएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब