एसियाकै सबैभन्दा कम उमेर र तौलकी बालिकाको मुटु प्रत्यारोपण « Khabarhub

एसियाकै सबैभन्दा कम उमेर र तौलकी बालिकाको मुटु प्रत्यारोपण


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वुहान– चीनको हुवेयी राज्यअन्तर्गत वुहान शहरको युनियन अस्पतालमा ६६ दिन (२ महिना ३) दिन उमेरकी एक बालिकाको मुटुको सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको छ । रुईरुइ नाम गरिएकी ती बालिका मुटुको उपरेशन गरिएकी एसियाकै कम तौल तथा उमेर भएकी बालिकाको रुपमा लिइएको छ । उनको तौल ३ किलोग्राम रहेको जनाइएको छ ।

सर्जिकल टीमको नेतृत्व गरेका डाक्टर डोंग नियांगुका अनुसार एक ४ वर्षीय बालकको मुटु रुईरुइमा प्रत्यारोपण गरिएको हो ।

मुटु लिइएका ४ वर्षीय बालकको एक ठूलो भवनबाट खसेर मृत्यु भएको थियो ।

चिकित्सकहरुले मुटुको प्रत्यारोपण गरिए पछि हुने संक्रमणबाट रुईरुइ मुक्त रहेको जनाएका छन् । यद्यपि, उनको रेखदेखका लागि ३ महिनासम्म आईसीयूमा राखिने छ ।

यसअघि चीनमा नै एक ११३ दिनको उमेरका बालकको मुटुको प्रत्यारोपण गरिएको थियो । ती बालकको तौल ४.२५ किलो थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ५७ बजे

रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा

संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल

काठमाडौं– संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते

तेहरान- अमेरिकासँग तनाव बढ्दै जाँदा इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा– कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा

रिसाउँदै ओलीले भने : के-को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्

काठमाडौं– निर्वाचनपछि पहिलो पटक सार्वजनिक भएका एमाले अध्यक्ष केपी शर्मा