४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ  « Khabarhub

४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पौन १२ बजेतिर इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले गोदावरी नगरपालिका–२ को एक घरमा छापा हानेर अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा डेरा गरी बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको प्रहरीले जनाएको छ । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रहरीका अनुसार ती सामानहरू भन्सार नतिरी अवैध रूपमा भित्र्याइएको देखिएको छ । बरामद गरिएका सामानसहित वलीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ