बजेटबारे अर्थमन्त्री पौडेलकै प्रतिक्रिया- यथार्थपरक छ, कार्यान्वयनमा चुनौती छैन « Khabarhub

बजेटबारे अर्थमन्त्री पौडेलकै प्रतिक्रिया- यथार्थपरक छ, कार्यान्वयनमा चुनौती छैन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले आफूले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा ल्याएको बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चुनौती नहुने बताएका छन् ।

सुरु भएका आयोजनालाई सम्पन्न गर्न बजेटले बिशेष ध्यान दिएको उनले बताएका छन् । मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढाउने र लगानी वृद्धि गर्नका लागि बजेट अनुकूल रहको दाबी गरेका छन् ।

उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको विशेषता रहेको पनि जिकिर गरेका छन् ।

पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त परिमाण बराबरको बजेट ल्याएका हुन्‌ ।

‘आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा रू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ’, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने ।

बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारलाई प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : २४ बजे

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी