मानव अधिकार अभियन्तालाई रिहा गर्न माग राख्दै बलोचिस्तानमा प्रदर्शन « Khabarhub

मानव अधिकार अभियन्तालाई रिहा गर्न माग राख्दै बलोचिस्तानमा प्रदर्शन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलोच मानव अधिकार अभियन्तालाई रिहा गर्न माग गर्दै पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टामा प्रदर्शन गरिएको छ । बलोच मानव अधिकार अभियन्ता डा. महरंग बलोचलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

क्वेट्टाको शाहवानी रंगशाला नजिकै आयोजित प्रदर्शनमा हजारौँ बलोच अभियन्ताहरुको सहभागिता रहेको बलोचिस्तान पोस्टले जनाएको छ । उनीहरुले महरंग बलोच र अन्य राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा गर्न माग गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । यस क्रममा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका थिए । केही समयअघि डा. बलोचलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

बलोचिस्तानमा पछिल्ला केही वर्षयता गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता, अपहरणजस्ता घटना बढ्दै गएको बताइन्छ । पृथकतावादी गतिविधि नियन्त्रण गर्न भन्दै पाकिस्तान सरकारले सो क्षेत्रमा ठूलो सङ्ख्यामा सेना परिचालन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ०७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र