कमल थापाले भने : सत्ता स्वार्थले देशको राष्ट्रियता कमजोर बन्यो « Khabarhub

कमल थापाले भने : सत्ता स्वार्थले देशको राष्ट्रियता कमजोर बन्यो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकको केही राजनीतिक दलका सत्ता स्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेकाले राष्ट्रवादी शक्ति स्थापित गर्न आफूहरुले समान विचारधारा भएका दल वा समूहहरूसँग सहकार्य गरेको बताए ।

उनले पार्टीले उठाउँदै आएका मुद्दा स्थापित गर्न संयुक्त जनआन्दोलन परिचालन समितिसँग सहकार्य र समन्वय भएको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासको निमित्त सबै दलहरुले नवीनतम सम्झौता आवश्यक भएकामा जोड दिए । सभा सुरु हुनुअघि विभिन्न क्षेत्रबाट आएका र्‍याली सभास्थलमा सहभागी भएको थियो । र्‍यालीले सहरका विभिन्न स्थान परिक्रमा गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १० : ०७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि