कमल थापाले भने : सत्ता स्वार्थले देशको राष्ट्रियता कमजोर बन्यो « Khabarhub

कमल थापाले भने : सत्ता स्वार्थले देशको राष्ट्रियता कमजोर बन्यो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकको केही राजनीतिक दलका सत्ता स्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेकाले राष्ट्रवादी शक्ति स्थापित गर्न आफूहरुले समान विचारधारा भएका दल वा समूहहरूसँग सहकार्य गरेको बताए ।

उनले पार्टीले उठाउँदै आएका मुद्दा स्थापित गर्न संयुक्त जनआन्दोलन परिचालन समितिसँग सहकार्य र समन्वय भएको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासको निमित्त सबै दलहरुले नवीनतम सम्झौता आवश्यक भएकामा जोड दिए । सभा सुरु हुनुअघि विभिन्न क्षेत्रबाट आएका र्‍याली सभास्थलमा सहभागी भएको थियो । र्‍यालीले सहरका विभिन्न स्थान परिक्रमा गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १० : ०७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर