जब कैयन् दिनसम्म रोएका थिए सुनील सेट्टी… « Khabarhub

जब कैयन् दिनसम्म रोएका थिए सुनील सेट्टी…


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुनील सेट्टी आफ्नो जमानाका हिटमध्ये एक हुन् । भलै उनले आफ्नो करिअरमा कैयन् उतारचढाव देखे । असफलताबाट उनले थप कुरा सिके । त्यही असफलताले उनलाई अगाडि बढ्न हौसला पनि दियो ।

सुनीलले एक अन्तर्वार्तामा करिअरका शुरुवाती दिनमा आफूलाई गाइड गर्ने कोही नभएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई गाइड गर्ने कोही थिएन, मैले सबै आफ्नो असफलताका कारण सिकेँ, जब मेरो पहिलो फिल्म हिट भएको थियो, त्यतिबेला म निकै खुशी थिएँ ।’

त्यतिबेला सफलता र फिट बोडीका कारण आफू दोस्रो अमिताभ बच्चन बन्ने आफूलाई लागेको तर त्यो केवल एउटा सपना भएको उनले बताए ।

‘मलाई दर्शकको आलोचनाको पनि सामना गर्नुपर्‍यो, कतिले त मलाई अभिनय छोडेर फेरि आफ्नो होटल बिजनेसमा फर्किने सल्लाह पनि दिए,’ अनिलले भने, ‘मलाई यो कुरामा खुशी छ कि, मैले ती आलोचनालाई पनि सकारात्मक रुपमा लिएँ र आफूलाई अझ उत्कृष्ट बनाउने कोशिश गरेँ ।’

अन्तर्वार्ताका क्रममा उनले एक समय आफू कैयन् दिनसम्म रोएको स्मरण गरे । उनले आफ्नो फिल्म नचल्दा रुनुपरेको बताए । ‘फिल्म नचल्दा म आफू कलाकार भएकोमा पनि सवाल उठाउन थालेको थिएँ,’ उनले भने ।

पछि आफूले अरु कलाकारले भन्दा फरक गर्न खोजेको र त्यसैमा ध्यान दिएको उनले बताए । त्यसपछि उनले एक्सन र फिटनेसमा आफूलाई फोकस गर्न शुरु गरे । उनले अगाडि भने, ‘मेरो अनुभव र असफलताले मलाई अझ राम्रो कलाकार बनाउन मद्दत गर्‍यो ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : ०४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै