गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने, बजेटको छलफल पनि रोक्ने « Khabarhub

गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने, बजेटको छलफल पनि रोक्ने


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बजेटमाथिको छलफल अगाडि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।

‘संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्न दियौँ,’ प्रवक्ता सापकोटाले भने, ‘अब बजेटमाथिको छलफल अगाडि बढाउन पहिले गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

सापकोटाले गृमन्त्री राजीनामा नआएसम्म संसद्का कुनै पनि गतिविधि अगाडि बढाउन नदिने निर्णयलाई खुमलटार बैठकले निरन्तरता दिएको जानकारी दिए ।

उनले रोकिएको मध्य पहाडी लोकमार्ग अभियानलाई जेठ २१ गतेदेखि लमजुङको बेशीसहरबाट निरन्तरता दिइने पनि जानकारी दिए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : २७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ