ट्रम्प-पुटिन-जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव | Khabarhub Khabarhub

ट्रम्प-पुटिन-जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा अमेरिकी, रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच भेटघाटको आयोजना गर्ने प्रस्ताव राखेको छ ।

किएभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरेको नाटो सदस्य टर्की तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मुख्य मध्यस्थकर्ता बनेको छ ।

‘हामी इमान्दारीपूर्वक सोच्छौँ कि श्री (रेसेप तैयप) एर्दोगानको नेतृत्वमा श्री ट्रम्प, श्री (भ्लादिमिर) पुटिन र श्री (भोलोदिमर) जेलेन्स्कीबीच भेटघाटका साथ पहिलो र दोस्रो प्रत्यक्ष इस्तानबुल वार्तालाई समापन गर्न सम्भव छ’, विदेशमन्त्री हाकान फिदानले किएभको भ्रमणका क्रममा भने ।

‘हामी या त यस युद्धको निरन्तरतामा आँखा बन्द गर्न सक्छौँ वा वर्षको अन्त्यअघि दिगो शान्ति प्राप्त गर्न सक्छौँ, युद्धविराम र शान्तिका लागि अपेक्षाहरू बढेका छन्’, उनले भने, ‘जबसम्म हामी वार्ताको टेबलमा रहन्छौँ तबसम्म निश्चित रूपमा प्रगति हुनसक्छ ।’ –रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ४८ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्नेभएको

बिलियार्ड कक्षको त्यो चिच्याहट- ‘डाक्टर चाँडो बोलाऊ…’

काठमाडौं – आज जेठ १९ गते। शाहवंशीय राजा वीरेन्द्र शाहको

राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी

काठमाडौं– संघीय राजधानी बाठमाडौंमा सोमबार दुईवटा हडताल खप्टिएका छन् ।

नेपाल र भारतका सेना कञ्चनजङ्गा चढ्दा सिक्किममा विरोध किन ?

काठमाडौं– नेपाली भूमिमा पर्ने कञ्चनजङ्गा हिमाल आरोहणको विषयलाई लिएर यतिबेला

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा – चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक