पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ « Khabarhub

पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । 

नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताए । 

पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का  एक हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।  

साथै युपी ३२ एलबी ६३८९ नं को सुजुकी गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : ४९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र