रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन « Khabarhub

रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको रु ३० करोडको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।

उद्योगले प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको र हाल ‘रत्नम्’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको उद्योग सञ्चालक अग्रवालले जानकारी दिए । उद्योगको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक उद्घाटन गरे।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ नयाँ रोग देखिने गम्भीर समस्या रहेको बताए ।

उनले प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै उनले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणका रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अग्र्यानिक प्रदेश बनाउने सङ्कल्प गरिएको बताए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ९ : १३ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा