कटुवा पेस्तोलसहित दुईजना पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित दुईजना पक्राउ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्लाको लालबन्दी नगरपालिका–५ मेजरगञ्जबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मेजरगञ्जको भित्री सडकमा इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको गस्ति प्रहरीको टोलीले कटुवा पेस्तोलसहित जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना ६ प २३९२ र बीआर–०६–एजे–०८०६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

मेजरगञ्ज–५ का ४० वर्षीय सोनालाल ठाकुर र ३० वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।

प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै राजेश महतो भने मोटरसाइकल छाडेर भागेका थिए । भाग्ने क्रममा महतोले कम्मरमा बाँधेको बर्षादीसँगै झरेको पेस्तोल प्रहरीले बरामद गरेको थियो ।

ठाकुर भने सोही स्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । फरार महतोलाई प्रहरीले लालबन्दी नगरपालिका–७ बाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  २ : ३४ बजे

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य