आज विश्व धूमपानरहित दिवस मनाइँदै « Khabarhub

आज विश्व धूमपानरहित दिवस मनाइँदै


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ ।

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए ।

त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक छ ।

नेपाल धूमपान गर्ने देशहरूको २२औँ स्थानमा पर्दछ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको अध्ययनले देखाएको छ ।

धूमपान तथा सुर्तीजन्य पदार्थले मुख तथा फोक्सोमा मात्र नभई खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौलालगायतको क्यान्सर समेत हुने गर्दछ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : ५२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर