बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा « Khabarhub

बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

मनसुन सुरू भएसँगै शुक्रबार राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।

‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नम्बर १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।’

यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ९ : ५५ बजे

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी

इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ

काठमाडौं – फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा