तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रलाई १२ अर्ब डलर घाटा « Khabarhub

तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रलाई १२ अर्ब डलर घाटा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा अवैध तस्करी बढ्दै गएको पाइएको छ । अवैध तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर परिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

बजार अर्थतन्त्रका लागि नीति अनुसन्धान प्रतिष्ठानले अवैध व्यापारविरुद्ध बहुराष्ट्रिय साझेदारीसँगको सहकार्यमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा तस्करीका कारण पाकिस्तानले हरेक वर्ष १२ अर्ब १० करोड डलर गुमाउने गरेको उल्लेख छ । यो पाकिस्तानको कुल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत हो ।

यसबाट पाकिस्तानले प्राप्त गर्नुपर्ने राजश्वमा ठूलो धक्का लागिरहेको जनाइएको छ । तस्करीका अधिकांश घटना अफगानिस्तानसँगको व्यापारमा हुने गरेको इस्लामखबरले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार अफगानिस्तान पारवहन व्यापार सुविधाको क्षेत्रमा ३ अर्ब ५६ करोड डलर बराबरको तस्करी हुने गरेको छ । भूपरिवेष्ठित मुलुक अफगानिस्तानका लागि पाकिस्तानले यस्तो पारवहन सुविधा प्रदान गरेको हो ।

अफगानिस्तानका लागि लगिने सामानका कन्टेनर बीच बाटोबाटै गायब हुने गरेको पाइएको छ । ती सामानको पाकिस्तानी बजार मै कारोबार हुने गरेको छ । यसबाट पाकिस्तानको ढुकुटीमा कुनै कर जाँदैन ।

यसबाहेक पाकिस्तानमा विदेशबाट पेट्रोल, सुर्तीजन्य वस्तु, औषधि पनि तस्करी हुने गरेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ४२ बजे

ठगीको अभियोगमा पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना

काठमाडौं– चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ