गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन « Khabarhub

गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नुवाकोटमा आयोजित एक कार्यक्रममा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भाडामा मान्छे ल्याएर राजावादीले चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको टिप्पणीमा प्रतिउत्तर दिएका छन् ।

राजावादीको तेस्रो दिनको आन्दोलनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले गणतन्त्रको आन्दोलन गर्दाताका प्रचण्डले मान्छे टाढाटाढाबाट बोकेर ल्याउने, पार्टी प्यालेसमा भोजभत्तेर गर्ने, पैसा वितरण गरेर जुलुश गर्ने गरेको र त्यही अनुभव सुनाएको बताए ।

‘विचरा प्रचण्डको धेरै प्रतिवाद गरिरहनुपर्ने केही कुरा पनि छैन । राम्रो भए पनि नराम्रो भए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा गणतन्त्रको मुद्दा नेपालमा उठेको हो’, लिङ्देनले भने, ‘त्यसकारणले गणतन्त्र हल्लिँदाखेरि सबभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वभाविक हो । पीर परेका बेला के के बर्बराउने, के भन्ने, त्यस्तो कुरा आउनुलाई मैले अन्यथा मान्दिनँ ।’

गणतन्त्रको पक्षमा आन्दोलन गर्दा प्रचण्ड पैसा बाँडेको लिङ्देनको आरोप थियो । उनले भने, ‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न जुन प्रकारले मान्छेहरु टाढाटाढाबाट बोकेर ल्याउनु भा’थ्यो, पार्टी प्यालेसहरूमा कुन प्रकारको भोजभत्तेरहरु लगाउनु भाकोथ्यो, उहाँहरुलाई थाहा छ । ख्वाएर, पैसा वितरण गरेर मान्छे ल्याउने, जुलुश गर्ने भन्ने कुरा उहाँले आफ्नो अनुभव बताउनु भएको हो । मेरो केही टिप्पणी छैन ।’

जनताको मद्दत पुग्यो र यसरी नै जनसमर्थन बढिराख्यो भने यो सरकारलाई झुक्न बाध्य बनाउने लिङ्देनले बताए । ‘जनसमर्थन आवश्यकता अनुसारको पुग्न सकेन भने फेरि अर्कोचोटि प्रयास गर्छौँ । निरन्तर रुपमा लागिराख्छौं ।’ लिङ्देनले भने । गणतन्त्र, लोकतन्त्रका नाममा देशमा लुटतन्त्र मच्चाइराखेको लिङ्देनको आरोप छ । त्यसको अन्त्य गरेर छाड्ने उनले दृढता दोहोर्‍याए । ‘सधैंभरि लुटिराख्ने जुन उहाँहरुको सुविधा छ, त्यसको त अन्त्य गर्छौं गर्छौं ।’ लिङ्देनले भने ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : १८ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा