गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नुवाकोटमा आयोजित एक कार्यक्रममा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भाडामा मान्छे ल्याएर राजावादीले चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको टिप्पणीमा प्रतिउत्तर दिएका छन् ।

राजावादीको तेस्रो दिनको आन्दोलनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले गणतन्त्रको आन्दोलन गर्दाताका प्रचण्डले मान्छे टाढाटाढाबाट बोकेर ल्याउने, पार्टी प्यालेसमा भोजभत्तेर गर्ने, पैसा वितरण गरेर जुलुश गर्ने गरेको र त्यही अनुभव सुनाएको बताए ।

‘विचरा प्रचण्डको धेरै प्रतिवाद गरिरहनुपर्ने केही कुरा पनि छैन । राम्रो भए पनि नराम्रो भए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा गणतन्त्रको मुद्दा नेपालमा उठेको हो’, लिङ्देनले भने, ‘त्यसकारणले गणतन्त्र हल्लिँदाखेरि सबभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वभाविक हो । पीर परेका बेला के के बर्बराउने, के भन्ने, त्यस्तो कुरा आउनुलाई मैले अन्यथा मान्दिनँ ।’

गणतन्त्रको पक्षमा आन्दोलन गर्दा प्रचण्ड पैसा बाँडेको लिङ्देनको आरोप थियो । उनले भने, ‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न जुन प्रकारले मान्छेहरु टाढाटाढाबाट बोकेर ल्याउनु भा’थ्यो, पार्टी प्यालेसहरूमा कुन प्रकारको भोजभत्तेरहरु लगाउनु भाकोथ्यो, उहाँहरुलाई थाहा छ । ख्वाएर, पैसा वितरण गरेर मान्छे ल्याउने, जुलुश गर्ने भन्ने कुरा उहाँले आफ्नो अनुभव बताउनु भएको हो । मेरो केही टिप्पणी छैन ।’

जनताको मद्दत पुग्यो र यसरी नै जनसमर्थन बढिराख्यो भने यो सरकारलाई झुक्न बाध्य बनाउने लिङ्देनले बताए । ‘जनसमर्थन आवश्यकता अनुसारको पुग्न सकेन भने फेरि अर्कोचोटि प्रयास गर्छौँ । निरन्तर रुपमा लागिराख्छौं ।’ लिङ्देनले भने । गणतन्त्र, लोकतन्त्रका नाममा देशमा लुटतन्त्र मच्चाइराखेको लिङ्देनको आरोप छ । त्यसको अन्त्य गरेर छाड्ने उनले दृढता दोहोर्‍याए । ‘सधैंभरि लुटिराख्ने जुन उहाँहरुको सुविधा छ, त्यसको त अन्त्य गर्छौं गर्छौं ।’ लिङ्देनले भने ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : १८ बजे

चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका