‘महाराज हजुरले फुर्माइस् गरिबक्स्यो असाध्यै राम्रो’ भन्थे, आज फुर्मास बदल कि तिमीलाई बदल्छौं भन्न पाइएको छ’ « Khabarhub

‘महाराज हजुरले फुर्माइस् गरिबक्स्यो असाध्यै राम्रो’ भन्थे, आज फुर्मास बदल कि तिमीलाई बदल्छौं भन्न पाइएको छ’


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनान्दोलनद्वारा निर्मित ‘राजनीतिक हाइवे’ को अपनत्व लिनुपर्ने, गौरव गर्नुपर्ने र सन्तोष मान्नु पर्ने बताएका छन् ।

‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा शनिबार बोल्दै महामन्त्री थापाले युवा र नवपुस्तालाई गणतन्त्रका बारेमा बताउनुपर्ने र सचेत बनाउनुपर्ने बताए ।

हिजोको राजाको जस्तो किसिमको फुर्मास थ्यो, अहिले तिमीहरूको नेताको त्यो भन्दा बढी फुर्मास छ कि छैन ? भन्ने प्रश्नमा युवा पुस्तालाई उत्तर दिनसक्नुपर्ने महामन्त्री थापाले बताए ।

‘महाराज हजुरले फुर्माइस गरिबक्स्यो असाध्यै राम्रो गरिबक्स्यो, अझै राम्रो गर्नुपर्छ भनेर हिजो भन्थे भने आज हामी कम्तिमा पनि तिम्रो फुर्मास गलत छ । कि तिम्रो फुर्मास बदल होइन भने तिमीलाई बदल्छौं भन्ने कुराको हिम्मत त गरिराखेका छौं ।’ नेता थापाले भने ।

महामन्त्री थापाले जनान्दोलनपछिका २० वर्षमा धेरै उत्तारचढावहरू देखेको बताए । उनले संविधान सभा भित्रबाहिर, औपचारिक संस्थाहरू देखेको बताए ।

उनले जनान्दोलनपछि जोगिएर अघि बढेको बताए । ‘आन्दोलनपछिको यात्रा गर्ने क्रममा हाम्रो यात्रा दुर्घटनातर्फ गयो, गयो, गयो, डिलबाट झर्‍यो, झर्‍यो भनेको देखेका छौं । फरक फरक अवस्थामा महसुस गर्‍याैं होला । तर फेरि जोगिएर आयौं । त्यसको समष्टिगत रुपलाई आज हामीले गणतन्त्र भन्यौं । त्यसरी नै बुझौं, ’महामन्त्री थापाले भने, ‘आज जुन गणतन्त्र हामीसँग छ, यो सेलेरेट गर्ने कुरा हो । हामी जस्तै अवस्थाबाट निस्केका थुप्रै देशहरूले, समाजले, समुदायले आफूलाई सम्हाल्नै नसक्दाखेरि यात्रा यसरी अघि बढाउनै सकेनन् ।’

महामन्त्री थापाले धेरै ठाउँमा चुके पनि देशको अवस्थालाई सम्हाल्दै यो ठाउँमा ल्याइपुर्‍याएकाे बताए । उनले भने, ‘हामीले एउटा राम्रो हाइवे बनाएका छौं ।’

नेता थापाले यो हाइवे बनाएको कुरालाई अपनत्व पनि लिनुपर्ने बताए । ‘यसमा गौरव पनि गर्नुपर्छ । यसमा सन्तोष पनि गर्नुपर्छ । र, अरुलाई बताउनु पनि पर्छ । युवा पुस्तालाई बताउनुपर्छ । हामीले बनाएको, रोजेको यो हाइवेबाटै देश अगाडि बढाउनुपर्छ, पर्छ ।’

थापाले समस्या हाइवेमा नभएर यहाँ दौडने गाडीहरूमा भएको बताए । ‘गाडीमा गडबडी छ, त्यो गडबडी सच्यायो भने गाडी रहन्छ, सच्याएन भने सकिन्छ, हाइवेको नियम नै त्यही हो,’ थापाले भने, ‘त्यो गाडीको गडबडीको सबै भन्दा ठूलो समस्या चालकमा छ । जसले चालक फेर्छ, अलिअलि भए पनि गडबडी सचिन्छ, चालक नफेर्नेको गडबडी सचिन्न । जति भने पनि गडबडी बढ्दै जान्छ । समस्या त्यो गाडीमा हो । समस्या त्यो चालकमा हो ।’

उनले हिजोको दिनसँग वर्तमान व्यवस्थाकाे तुलना हुन नसक्ने जिकिर गरे । ‘हिजो हाइवे नै थिएन, गाडी पनि हाइवेमा थिएन । हाइवे नहुँदा गाडी दोषको देखिने कुरै भएन । यो हाइवेका विषयमा हामीले सेलेरेट गर्नुपर्छ ।’

महामन्त्री थापाले व्यवस्थाको पक्षमा उत्सव मनाउनुपर्ने विश्वासका साथ अगाडि बढ्दा संवाद गर्दै जाने, कुरा गर्दै जाने भन्ने विषयमा कहीँ न कहीँ अनावश्यक ढंगले रक्षात्मक भएको बताए । उनले भने, ‘समस्याहरू छन् । भ्रष्टाचारको समस्या छ, अनुशासनको समस्या छ । केस बाइ केस कुरा गर्न सकिन्छ । तर हामीले यो पनि भन्नुपर्‍याे नि त हामी अगाडि जाने बाटो नै यही हो ।’

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : १९ बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना