भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु : १८ जिल्ला प्रभावित « Khabarhub

भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु : १८ जिल्ला प्रभावित


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तरी भारतमा लगातारको २४ घण्टाको बाढीका कारण गएको पहिरोका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ।

आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए। आसामका कुल ९ जनाको ज्यान गएको छ। त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ। पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।

गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको जनाइएको छ। अरुणाञ्चलमा कार पहिरोमा चिप्लिएपछि दुई परिवारका गरेर सात जनाको ज्यान गएको छ। मेघालयमा तीन बालबालिका सहित सात जनाको ज्यान गएको छ। संसारकै सबै भन्दा धेरै पानी चेरापुन्जीमा लगातार वर्षा भइरहेको छ।

नागाल्यान्डमा बाटोमा ढुङ्गा खस्दा यात्रामा रहेका एक युवाको ज्यान गएको छ। मिजोरोममा पनि २४ घण्टाको अन्तरालमा सात जनाको ज्यान गएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : २६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका