पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार | Khabarhub Khabarhub

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट खसालिएको कुरा स्वीकार गरेको छ। मे महिनाको सुरुवातमा भएको सो तनावको समयमा ६ वटा जेट खसालेको दाबी पाकिस्तानले गरेको थियो। सो दाबीलाई भारतले अस्वीकार गरेको थियो।

शनिबार ब्लुमबगसँगको कुराकानीको क्रममा भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भनेको जस्तो सङ्ख्या नै यत्ति भन्ने पक्का नभएको बताए। सिंगापुरमा जारी एसियाली रक्षासम्बन्धी फोरममा उपस्थित भएका चौहानले त्यही ब्लुमबर्गलाई सो कुरा बताएको जनाएको छ।

उनले यो कुन गल्तीका कारण भएको हो छानबिन गर्न अझै बाँकी रहेको बताए। उनले पहिलो प्रहारमा भएको गल्ती तत्काल पत्ता लगाएका कारण त्यसको दुई दिनपछि नै सफलता पूर्वक आक्रमण गरेको बताएका छन्।

पाकिस्तानले भारतका पाँच फाइटर जेट खसालेको दाबी गरेको थियो। पाकिस्तानी दाबी अनुसार यी मध्यका तीन फ्रान्सेली रफायल जेट थिए। पाकिस्तानले फ्रान्समा निर्मित रफायललाई निस्तेज पार्न चीनमा बनेको फाइटर जेट प्रयोग भएको बताएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ४६ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन