प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । 

हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । 

अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा बरालले बताए । 

उनले भने, ‘बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।’

उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । विशेषत्र चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्रविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उनले जानकारी दिए ।

अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा बरालले बताए । विसं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । 

अस्पतालमा फोहरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : २५ बजे

गण्डकीको नीति तथा कार्यक्रम पुरानै, नारा भने नयाँ

पोखरा– पुरानै कार्यक्रमका साथ केही नयाँ नारा थपेर गण्डकी प्रदेश

फास्टट्रयाकमा सहमति कार्यान्वयन खोजेका यातायात टाेलीलाई मन्त्रीको जवाफ– एक महिनाभित्र काम हुन्छ

काठमाडौं – यातायात मजदुर र व्यवसायीसँग भएको सहमति फास्टट्रयाकमा कार्यान्वय

काठमाडौं महानगरको सीप मेलामा युवाको आकर्षण (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाको आकर्षण

आईसीसी विश्वकप लिग-२ : दबाबमा नेदरल्यान्ड्स, १०० रन कटाउँदा चार विकेट गुमायो

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको

कर्णालीका तीन पालिकामा सडक जोडिने

सुर्खेत– कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशसभामा पेश