बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू « Khabarhub

बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मार्तडी- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि आवश्यक कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा निर्माणको शिलान्यास गरे ।

शिलान्यास समारोहमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, समाजसेवीहरू र स्थानीय समुदायका सदस्यहरू उपस्थित थिए ।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत ३.१४१ करोडको आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो ।

वितरण डेस्क, रेकर्ड रुम तथा अन्य आवश्यक संरचनासहित यो कृषि प्रवद्र्धन केन्द्र अन्न भण्डारण तथा वितरणको केन्द्रको रूपमा विकास गरिने जनाइएको छ ।

परियोजना स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन हुने छ ।

गाउँपालिका अध्यक्षसहित राजनीतिक तथा सामुदायिक प्रतिनिधिहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै उक्त पूर्वाधारले हिमाली क्षेत्रका कृषकहरूलाई उत्पादन सङ्कलन र भण्डारणमा ठुलो सहायता पुग्ने विश्वास व्यक्त गरे ।

उनीहरूले नयाँ संरचनाले खाद्यान्न दीर्घकालीन भण्डारण गर्न सकिने भएकाले यसले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिसकेको छ, जसमा ४९५ परियोजना सम्पन्न भइसकेका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ परियोजना सञ्चालन भइरहेका छन्, जसमा बाजुराका २ परियोजना पनि समावेश छन् ।

यस्तै, भारत सरकारले नेपालभरिका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरेको छ। सुदूरपश्चिममा ७० एम्बुलेन्स र २७ स्कुल बस वितरण गरिएकोमा बाजुरामा ३ एम्बुलेन्स र १ स्कुल बस उपलब्ध गराइएको छ ।

नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई थप मजबुत बनाउँदै आएका यस्ता परियोजनाहरूले नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकासमा टेवा पुर्‍याउने र जनजीवनमा सकारात्मक प्रभाव पार्ने भारतीय दूतावासले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : ५९ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको