कार्यकर्तालाई प्रचण्डको निर्देशन- राजावादीविरूद्ध प्रतिकारका लागि तयार रहनू « Khabarhub

कार्यकर्तालाई प्रचण्डको निर्देशन- राजावादीविरूद्ध प्रतिकारका लागि तयार रहनू


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवादका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

राजावादी छाडा बनेर आफूहरूमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै उनीहरूले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई उनले निर्देशन दिए । प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफारिरहेको आरोप पनि लगाए ।

उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको भन्ने प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कु-प्रचार गरिरहेको उनले बताए ।

त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध संघर्षसहित गणतन्त्रको विकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्या‍उने जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको उल्लेख गरे ।

उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारबाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।

प्रचण्डले आफूहरूको अभियान फेरि सुरु हुने बताउँदै जनतासँग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर पनि गरेका छन्।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ५० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ