काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने « Khabarhub

काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काटमाडौंमा सिफल, कोटेश्वर र बल्खुबाहेक अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार साँझ एक विज्ञप्ती निकाल्दै सिफल, कोटेश्वर र बल्खुबाहेकका क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको हो ।

‘काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्जजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोसमेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम १९ (आजै)गतेदेखि लागू हुने गरी देहायका स्थानबाहेक बढीमा २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश गरिएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ ।

यदपी प्रशासनसँगको अनुमति लिएको अण्डमा भने कार्यक्रम गर्न दिन सकिने बताइएको छ । राजावादीहरुको प्रदर्शन जारी रहेका बेला काठमाडौं जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : २७ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका