सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? पुर्‍याउँछ यस्तो असर « Khabarhub

सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? पुर्‍याउँछ यस्तो असर


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकाल मोबाइल फोन हाम्रो जीवनको अभिन्न अंग झै बनिसकेको छ । पछिल्लो पुस्तामा मोवाइलको प्रयोग बिना अन्य कुनै काम नगर्ने बानी हुन्छ ।

पूजाआजा होस् वा शौच कार्य त्यहाँ पनि मोवाइलको प्रयोग गर्नेहरु भेटिन्छन् । तर यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्‍याउन सक्छ ।

खासगरी मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको प्रजनन क्षमतादेखि स्वास्थ्यमा समेत असर पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने गर्दछ ।

अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् ।

चीनमा अनुसन्धानमा जुटेका चिकित्सक तथा अनुसन्धानकर्ताहरुले मोवाइलको ब्याट्रीबाट सय भन्दा बढी विषालु ग्याँस निस्कने बताएका छन् । लिथियम–आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्यासले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगि समेत बनाउन सक्ने बताइएको छ ।

अहिलेका पुस्ताले स्मार्टफोनलाई आवश्कता भन्दा बढी मात्रामा प्रयोग गर्ने भएकाले मोवाइल तात्ने तथा चार्जर लगायतका समेत समस्या आउने गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : ५१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी