बजेटबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै « Khabarhub

बजेटबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बजेटका विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक आज

नेकपा एमालेले जेठ १५ मा सार्वजनिक आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा हुने बैठकमा उपस्थित हुन सबै सांसदहरूलाई जानकारी गराइएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एामलेले पहिलो पटक संसदीय दलको बैठकको बैठक बोलाएको हो ।

संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरूलाई बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पार्नेछन् ।

बजेट विनयोजनका विषयमा कतिपय सांसदहरूमा भएका अष्पष्टता यो बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद् र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्देश्यले बैठक डाकिएको हो ।

बैठकमा बजेटका विषयमा स्पष्ट भएर आफ्ना धारणा सदनमा राख्न प्रधानमन्त्रीले सांसदहरूलाई निर्देशन दिनेछन् ।

बैठकमा आजको परिस्थितिमा बजेट के-कस्तो आउनु पर्‍थ्यो कस्तो आयो भन्ने विषयमा छलफल र मन्थन गरिने बर्तौलाले बताए ।

त्यसबारे उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले विश्लेषणात्मक प्रस्तुति राख्ने भएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ४५ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका