बजेटबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै « Khabarhub

बजेटबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बजेटका विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक आज

नेकपा एमालेले जेठ १५ मा सार्वजनिक आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा हुने बैठकमा उपस्थित हुन सबै सांसदहरूलाई जानकारी गराइएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एामलेले पहिलो पटक संसदीय दलको बैठकको बैठक बोलाएको हो ।

संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरूलाई बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पार्नेछन् ।

बजेट विनयोजनका विषयमा कतिपय सांसदहरूमा भएका अष्पष्टता यो बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद् र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्देश्यले बैठक डाकिएको हो ।

बैठकमा बजेटका विषयमा स्पष्ट भएर आफ्ना धारणा सदनमा राख्न प्रधानमन्त्रीले सांसदहरूलाई निर्देशन दिनेछन् ।

बैठकमा आजको परिस्थितिमा बजेट के-कस्तो आउनु पर्‍थ्यो कस्तो आयो भन्ने विषयमा छलफल र मन्थन गरिने बर्तौलाले बताए ।

त्यसबारे उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले विश्लेषणात्मक प्रस्तुति राख्ने भएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ४५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा