राजावादीबारे कांग्रेसले भन्यो- संविधानको घेरा गैह्र-संवैधानिक ढंगबाट तोड्नु अनुचित « Khabarhub

राजावादीबारे कांग्रेसले भन्यो- संविधानको घेरा गैह्र-संवैधानिक ढंगबाट तोड्नु अनुचित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संविधानको घेरालाई गैह्र-संवैधानिक ढंगबाट तोड्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘संविधानको घेरा गैह्र–संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो,’ बूढानीलकण्ठ बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।’

पछिल्लो केही समययता राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र नवराज सुवेदीसहितका समूहले राजा र हिन्दु राष्ट्र माग्दै आन्दोलन चर्काउन थालेपछि कांग्रेसले यसो भनेको हो । कांग्रेसले संविधानभन्दा बाहिर गएर गरिने प्रयासलाई अनुचित र गैरसंवधानिकका रुपमा ब्याख्या पनि गरेको छ ।

जनताले चुनेका प्रतिनिधिहरूबाट निर्माण गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको भएको उनको भनाइ थियो । ‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैँले दिएको, निर्माण गरेको संविधान हो,’ महतले भने, ‘आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ ।’

उनले अनुभवका आधारमा संविधानलाई सुधार गर्नुपर्ने र त्यसको निक्र्यौल संसद्ले गर्ने पनि बताए । ‘जति पनि विषयवस्तुहरू अनुभवको आधारमा सुधार गर्नुपर्छ जस्तो लाग्छ । त्यसको निर्क्योल पनि जनप्रतिनिधिहरूको संस्था संसद्ले नै अगाडि बढाउँछ,’ प्रवक्ता महतले भने, ‘त्यसो हुनाले हामीले संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्छ भनेर सरकारले भनेको हो ।’

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीको क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्ने विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए । उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक पनि छिट्टै बस्ने बताए ।

केन्द्रीय कार्यसमिति बैठकमा गणतन्त्र, समावेशीतालगायतका संविधानले दिएका उपलब्धीहरूको रक्षा, पार्टीलाई सक्रिय बनाउने र आगामी दिनका आर्थिक रुपान्तरणलगायतका चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३७ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्