महाकालीको माछा बेचेर जीविका चलाउँदै इन्दु  | Khabarhub Khabarhub

महाकालीको माछा बेचेर जीविका चलाउँदै इन्दु 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन्  । 

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन्। उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन्। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन्। 

‘ताजा माछाको माग बढी हुन्छ,’ राईले भनिन्, ‘ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ ।’

 सानो माछा प्रतिकिलो २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अलिकति पीठो राख्छिन् । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ । 

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले  बताइन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उहाँले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन् । माछा मार्न उनी समूह बनाएर जाने गर्छिन्। 

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दै आएकी पार्वती चौधरी बताउँछिन्। घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन् ।

‘विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ’, चौधरीले भनिन्। महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन् । 
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३८ बजे

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको सम्बन्धको

माधव नेपालले भने : राष्ट्रलाई हानी हुने काम गरेको छैन

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

मुलुच्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुलुच्का उठाएर सहकारीको कोठा

लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी – लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू

विश्व वातावरण दिवस : नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर – साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल