तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन « Khabarhub

तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसद्हरूलाई बजेटमाथिको छलफलका क्रममा तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा जारी संसदीय दलको बैठकमा उनले पार्टीका सांसदहरूलाई बजेटको पक्षमा तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न निर्देशन दिएका हुन् ।

‘भोलिबाट बजेटमाथि छलफल प्रारम्भ हुँदैछ । माननीयज्यूहरूले त्यहाँ बजेट किन ठीक छ ? तर्कपूर्ण ढंगले कुरा राख्नुपर्ने छ । विरोधीहरुले हामीलाई हो कि भन्ने गरी, धरमर हुने गरी कुतर्कहरू राख्ने छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ती कुतर्कहरूको हामीले खण्डन गर्नुपर्ने छ । दह्रो गरी खण्डन गर्नुपर्ने छ । तर्कयुक्त ढंगले खण्डन गर्नुपर्ने छ । तथ्य–तथ्यांकसहित खण्डन गर्नुपर्ने छ ।’

उनले सांसदहरूलाई बजेट माथिको छलफलका क्रममा संसद्मा बोल्दा छरपस्ट ढंगले नबोल्नसमेत सुझाव दिए । ‘छरपस्ट नबोल्नुहोला, आफ्नो विषयमा केन्द्रित रहेर बोल्नुहोला,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : ५२ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली