फेवाताल सीमांकन : रत्न मन्दिर परिसरमा गाडिए १२ वटा पोल « Khabarhub

फेवाताल सीमांकन : रत्न मन्दिर परिसरमा गाडिए १२ वटा पोल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमांकन पश्चात् सीमा स्तम्भ गाड्ने काम सोमबार पनि जारी छ ।  पोखरा महानगरपालिका, गण्डकी  प्रदेश  र नेपाल सरकारको संयुक्त पहलमा शनिबारबाट तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । 

तेस्रो दिन सोमबार रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताए । यसअघि शनिबार पोल गाड्ने कार्यको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए । 

तालको सिमाक्षेत्रमा पिल्लर गाड्ने कार्यमा प्राविधिक, नगर प्रहरी र अन्य समेत गरी कर्मचारीहरू खटाइएको प्रमुख आचार्यले बताए । उनका अनुसार करिब १ महिना भित्रमा तालको सीमा क्षेत्रमा पिल्लर गाड्ने काम सक्ने र दोस्रो चरणको काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ । 

तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिने छन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ४६ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको सामान्य घटेको छ ।

स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश

‘नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ’

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार