चीनको प्राचीन टेराकोटा सङ्ग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिमा क्षतिग्रस्त « Khabarhub

चीनको प्राचीन टेराकोटा सङ्ग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिमा क्षतिग्रस्त


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सीआन शहरमा रहेको प्राचीन टेराकोटा सेना संग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिममा क्षति पुगेको छ । टेराकोटा सेना सङ्ग्रहालय घुम्न आएका घरेलु पर्यटकले घेराबेरा नाघेर उपद्रो गरेको अधिकारीहरुले जनाएका छन् ।

उनले त्यहाँ रहेका प्रतिमालाई तान्दै–ठेल्दै क्षति गराएको जनाइएको छ । सुन थर भएका ३० वर्षीय पर्यटकको विस्तृत पहिचान भने सार्वजनिक गरिएको छैन ।

उनी मानसिक रोगबाट पीडित भएको जनाइएको छ । पछि उनलाई नियन्त्रणमा लिइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनाका बावजुद सङ्ग्रहालय सुचारु रुपमा सञ्चालन भइरहेको छ ।

चीनको चीनवंशका प्रथम सम्राट चीन शी हुवाङको समाधिस्थलमा ८ हजार वटा टेराकोटा सैनिकको प्रतिमा निर्माण गरिएको छ । सम्राट चीन शी हुवाङले आफ्नो निधन भइसकेपछि समाधिस्थल रक्षा गर्नका लागि आफू जिवितै रहँदै ती प्रतिमाको निर्माण गराएको विश्वास गरिन्छ ।

ईसापूर्व २०९ आसपास निर्माण सम्पन्न गरिएका यी प्रतिमामा युद्धका लागि तयार सैनिक, रथ, घोडचढी सैनिकहरु पनि समावेश छन् ।

यसलाई प्राचीन चिनियाँ पुरातत्वका हिसाबमा निकै महत्वपूर्ण मानिन्छ । यसलाई प्राचीन चिनियाँ कला एवम् सैन्य क्षमताको उत्कृष्ट नमूनाका रुपमा समेत व्याख्या गरिन्छ ।

सन् १९८७ यता यसलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ४६ बजे

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय

सबै प्रकारका विभेदको अन्त्य जरुरी : राष्ट्रपति पौडेल 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले