९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला « Khabarhub

९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ ।

गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका छन् । चाड पर्वका लागि सस्तोमा सामान किन्न आउनेहरुको चापले आयोजक तथा व्यवसायीहरु उत्साहित बनेका छन् ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवद्र्धन गर्दै लैजाने उनको भनाइ छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार २ दिन विदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

इभेण्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला, सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तरगतका चारवटा नेपाली ब्राण्डको शोरुममा अवलोकनकर्ता तथा ग्राहकको विशेष चाप देखिएको थियो । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको थियो ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ४५ बजे

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल