एपीएफ टोलीद्वारा १२ लाख बराबरको चोरीका सामान बरामद « Khabarhub

एपीएफ टोलीद्वारा १२ लाख बराबरको चोरीका सामान बरामद


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको विरगंजगबाट सशस्त्र प्रहरीको टोलीले  १२ लाख रुपैयाँ बराबरको चोरीको सामान बरामद गरेको छ ।

बीरगंज महानगरपालिका १७ स्थित चण्डालचोकबाट सशस्त्रको टोलीले करिव सात लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो भने भन्सार ईलाकाबाट पाँच लाख बराबरकाे चोरीको सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नम्बर १३ गण हेक्वाबाट खटिएको टोलीले बरामद गरेको हो ।

लत्ताकपडा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाइकल छाडी उनीहरु फरार भएका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

यसैबीच, पर्सा जिल्लाकै बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट पनि एपीएफको टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

ना १ ह ०९५ नम्बरको टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फलफूल, किराना सामान, जडीबुटी तथा २७ बोरा व्याट्रीको धुलो सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त सामान तथा टेम्पोको मुल्य करीव पाँच लाख ३१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै