पाकिस्तानलाई एफएटीएफको ‘ग्रे लिस्ट’ मा राख्नुपर्छ : नेता औवेसी « Khabarhub

पाकिस्तानलाई एफएटीएफको ‘ग्रे लिस्ट’ मा राख्नुपर्छ : नेता औवेसी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको अल इण्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिन पार्टीका नेता असदुद्दिन औवेसीले पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा राख्नुपर्ने बताएका छन् । कुवेतमा रहेका बेला नेता औवेसीले यस्तो बताएका हुन् ।

आतंकवादी संगठनसँग पाकिस्तानको साँठगाँठ रहेको भन्दै उनले ‘ग्रे लिस्ट’ मा राख्नुपर्ने उल्लेख गरेका हुन् । भारतीय समचार संस्था एएनआईका अनुसार ग्रे लिस्टमा राखिए पाकिस्तानले आतंककारीको भर्ना गर्न नसक्ने बताए ।

भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी अपरेशन सिन्दुर सञ्चालन गरेको विषयमा जानकारी गराउन विभिन्न दलका नेता सम्मिलित प्रतिनिधिमण्डललाई विदेश पठाएको छ । सोही क्रममा औवेसी कुवेत पुगेका हुन् ।

गत अप्रिल २२ का दिन भारतको जम्मु कश्मीरस्थित पहलगाम क्षेत्रमा आतंककारी आक्रमण भएपछि भारतले उक्त सैन्य अभियान सञ्चालन गरेको थियो । पहलगाममा भएको आतंककारी आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ३२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र