विद्युत्को पोलले लागेर एक जनाको मृत्यु « Khabarhub

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । 

आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए। 

उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् ।

‘घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ’, उनले भने। 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : ११ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने