पौडी खेल्ने क्रममा १३ वर्षीया बालिकाको मृत्यु | Khabarhub Khabarhub

पौडी खेल्ने क्रममा १३ वर्षीया बालिकाको मृत्यु


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

किमाथांका – सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी छन् । 

पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घर भई चैनपुर  नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समीक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।  

पौडी खेल्न क्रममा खोलामा डुबेर १३ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । चैनपुर–२ की दिक्षा राई गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते दिक्षाको
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटना स्थलतर्फ लागेको छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : १० बजे

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर