‘भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सुचारु हुन्छ’ « Khabarhub

‘भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सुचारु हुन्छ’


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानबिन समिति गठन गर्ने प्रतिबद्धता आए सदन सुचारु हुने बताएका छन् । 

बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री, कानूनमन्त्री वा सरकारका तर्फबाट कोही पनि मन्त्रीले छानबिन समिति गठन गर्ने प्रतिबद्धता मात्र जनाए सदन सुचारु हुने बताएका हुन् । प्रतिपक्षी लचक भएर छानबिन समिति गठनको प्रतिबद्धता मात्र माग गर्दा पनि सत्तापक्ष त्यसमा तयार नभएको उनले बताए ।

पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई नै किटान गरेर आरोप नलगाएको तर गृह मार्फत रहने निकायको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे । 

उनले सदन चले आफ्ना कुराहरू सदनमा नै राख्ने बताए । संसदमा १३ गतेदेखि उठाएका विषयमा प्रतिपक्षी दल कायमै रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ३८ बजे

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले