चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान | Khabarhub Khabarhub

चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने मोटरसाइकल चालकहरूलाई कारबाही अभियान तीव्र पारेको छ ।  

बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले १ महिनाका अवधिमा ६६ वटा मोडीफाई गरी चलाउने चालक मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना र सचेतना प्रदान गरी छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए । 

उक्त मोटरसाइकल चालक वाट ७ लाख ६८ हजार रुपैयाँ जरिवाना असुल गरेको उनले बताए ।  प्रहरी उपरीक्षक पुरीले जिल्लामा प्रहरी शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा २८ वर्ष ८ महिना कैद सजाय र १० लाख ३७ हजार जरिवाना भएका १ सय ३० जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थिति गराएको जानकारी दिए ।

प्रहरी उपरीक्षक गिरीले चितवन प्रहरीले विपद् प्रतिकार्य योजना तथा थप जनशक्ति परिचालन उद्धार एव राहत राहत सामग्री व्यवस्थापन प्रहरी समुदाय साझेदारी कार्यक्रम र आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै शाखा बनाउने योजना रहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : १४ बजे

बाहुनको हलो ‘विद्रोह’

कृषि युगको एउटा औजार हो– हलो । हलो जोत्ने चलन

सुदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

कन्चनपुर – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा

आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

गोलबजार– सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको