तीन महिनामा दुई लाखभन्दा बढी अफगान आप्रवासी निष्कासित पाकिस्तानबाट फिर्ता « Khabarhub

तीन महिनामा दुई लाखभन्दा बढी अफगान आप्रवासी निष्कासित पाकिस्तानबाट फिर्ता


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको इस्लामावादको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिलमा एक लाख ३५ हजारभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडे भने मे महिनामा यो सङ्ख्या ६७ हजारमा झरेको थियो । यसैगरी, जुन महिनाको पहिलो दुई दिनमा तीन हजार भन्दा बढी अफ्गानीलाई स्वदेश फिर्ता पठाइएको थियो ।

लगातारको गृहयुद्धबाट भागेर लाखौँ अफगानीहरू पाकिस्तानमा आई आप्रवासी शरणार्थीका रूपमा बसोबास गर्दै आएका छन् । तर सन् २०२३ मा इस्लामावादले स्वदेश फिर्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्।
 
मंगलबार, संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले इरानबाट निर्वासित अफगान परिवारहरूको सङ्ख्या बढेकोमा चिन्ता व्यक्त गर्दै मे महिनामा १५ हजार ६७५  जनाले सीमामा दर्ता गरेको जनाएको छ । अघिल्लो महिनाको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : १७ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि