संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्‍यो : नेता डा कोइराला « Khabarhub

संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्‍यो : नेता डा कोइराला


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरूआत गर्नुपर्ने बताएका छन् ।

उनले भने, “वर्तमान सरकार बन्दाखेरी नै संविधान कार्यान्वयनमा देखिएका जटिलताका सम्बन्धमा संशोधनको सहमति हो । यो ठीक छ । त्यसलाई गलत भन्दिन । त्यही कारणले सरकार बनेको हुनाले प्रक्रिया सुरू गर्नुपर्‍यो । समिति बनाउनुपर्‍यो । समयजति लागे पनि सुरूआत त गर्नुपर्‍यो नी ।”

नेता कोइरालाले सेयर राइडिङ प्रकरणका सम्बन्धमा केन्द्रले संविधानबमोजिम प्रदेशको अधिकार खुम्च्यिाउन खोजेको टिप्पणी गर्दै भने, “प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ? यसरी केन्द्रले हस्तक्षेप गर्न पाउँछ कि पाउँदैन ? यसमा सबैले बुझ्न जरूरी छ ।”

संसद्मा पछिल्लो घटनाका सम्बन्धमा उनले आफूले अपेक्षा गरेअनुसार हुन नसकेको उल्लेख गर्दै संसद्मा आरोपप्रत्यारोप हुन नहुने धारणा व्यक्त गरे । “संसद्ले नीति बनाउने हो । अहिले जे भइरहेको, जति कुरा आइरहेका छन् । त्यसलाई निकास दिने बाटोहरू खोज्दै जानुपर्छ । त्यो राजनीतिक दलहरू मिलेर नै खोज्नुपर्ने हुन्छ”, नेता डा कोइरालाले भने ।

उनले सर्वसाधारण जनतामा छाएको निराशालाई हटाउन सरकारसँगै सबै लाग्नुपर्ने उल्लेख गर्दै यसमा आफ्नो पार्टीले सक्दो भूमिका निर्वाह गरिरहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १० : २१ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको