संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्‍यो : नेता डा कोइराला « Khabarhub

संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्‍यो : नेता डा कोइराला


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरूआत गर्नुपर्ने बताएका छन् ।

उनले भने, “वर्तमान सरकार बन्दाखेरी नै संविधान कार्यान्वयनमा देखिएका जटिलताका सम्बन्धमा संशोधनको सहमति हो । यो ठीक छ । त्यसलाई गलत भन्दिन । त्यही कारणले सरकार बनेको हुनाले प्रक्रिया सुरू गर्नुपर्‍यो । समिति बनाउनुपर्‍यो । समयजति लागे पनि सुरूआत त गर्नुपर्‍यो नी ।”

नेता कोइरालाले सेयर राइडिङ प्रकरणका सम्बन्धमा केन्द्रले संविधानबमोजिम प्रदेशको अधिकार खुम्च्यिाउन खोजेको टिप्पणी गर्दै भने, “प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ? यसरी केन्द्रले हस्तक्षेप गर्न पाउँछ कि पाउँदैन ? यसमा सबैले बुझ्न जरूरी छ ।”

संसद्मा पछिल्लो घटनाका सम्बन्धमा उनले आफूले अपेक्षा गरेअनुसार हुन नसकेको उल्लेख गर्दै संसद्मा आरोपप्रत्यारोप हुन नहुने धारणा व्यक्त गरे । “संसद्ले नीति बनाउने हो । अहिले जे भइरहेको, जति कुरा आइरहेका छन् । त्यसलाई निकास दिने बाटोहरू खोज्दै जानुपर्छ । त्यो राजनीतिक दलहरू मिलेर नै खोज्नुपर्ने हुन्छ”, नेता डा कोइरालाले भने ।

उनले सर्वसाधारण जनतामा छाएको निराशालाई हटाउन सरकारसँगै सबै लाग्नुपर्ने उल्लेख गर्दै यसमा आफ्नो पार्टीले सक्दो भूमिका निर्वाह गरिरहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १० : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै